प्यूठान । प्यूठानमा राँगाले हान्दा एक जना गम्भिर घाइते भएका छन् ।
प्यूठान नगरपालिका ८ मानागाउँका ५४ वर्षिय हुमानसिंह पुन गम्भिर घाइते भएका हुन् । सोही वडाका सदस्य ठाकुर पुनले ब्याडका लागी पालेको राँगाले मंगलबार दिउँसो पुनलाई हानेको थियो । आफैले पालेको राँगाले पुनलाई हानेको थियो । पुनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । मान्छेलाई हानेको राँगा स्थानीय र प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

