काठमाडौं । बाढी पहिरोका कारण काठमाडौंका विभिन्न ठाउँहरुमा ९ जनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार शनिबार १२ बजेसम्म काठमाडौंका विभिन्न ठाउँमा ९ जनाको मृत्यु भएको हो । १ जना भने बेपत्ता भएका छन् ।

