प्यूठान । प्रथम विशाल स्मृति कप भलिबल प्रतियोगिता हुने भएको छ । बाङ्गे युथ क्लबको आयोजनामा स्वर्गीय विशाल जीसीको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका खेल संयोजक अशोक जीसीले बताए । प्रतियोगिता कात्तिक २ र ३ गते सञ्चालन हुने आयोजकले जनाएको छ ।
भलिबल तथा क्रिकेट खेलाडी जीसीको सम्मानका लागी खेल आयोजना गरेको जीसीको भनाई छ । खेलकुद क्षेत्रबाट भएपनि विशाललाई सम्मान तथा सम्झनाका लागी भलिबल प्रतियोगिता आयोजना गरेको संयोजक जीसीले बताए । “विशाल हामीमाझँ नभएपनि उसले गरेको योगदानलाई सम्मान गर्न प्रतियोगिताको आयोजना गरेका हौँ” उनले भने,“अहिले सुरुवात गरेका हौँ, यो हामी निरन्तर खेलको आयोजना गर्छौँ ।”
उनको सम्झनामा अहिले भलिबल प्रतियोगिता आयोजना गरेपनि आगामी दिनमा सामाजिक क्षेत्रमा पनि काम गर्ने योजना रहेको संयोजक जीसीले बताए । स्वर्गीय विशाल जीसीको १८ बर्षको उमेरमा २०८० मंसिर २९ गते सडक दुर्घटनामा परी दाङमा मृत्यु भएको थियो ।

