शुक्रवारदेखि बेलुकादेखि परेको अविरल वर्षाले प्युठानको जनजिवन प्रभावित बनेको छ। शुक्रवार बेलुका देखि परेको पानी शनिवारसम्म नरोकिएपछि मानिसको दैनिकी प्रभावित बनेको हो। निरन्तर बर्षाका कारण जिल्लाका प्रायजसो ग्रामीण सडकहरू अवरुद्ध भएका छन् भने बिभिन्न ठाउँहरुमा बाढी पहिरोको जेखिम बढ्दै गएको छ । जिल्ला प्रवेश गर्ने मुख्य द्वार प्युठान भालुवाङ सडक पहिरोले अवरुद्ध बनाएको सडक एकतर्फि सुचारु भएको डिभिजन कार्यालय प्युठानका प्रमुख राजीव श्रेष्ठले जानकारी दिनुभयो । बिजुवार खलङ्गा सडकमा पहिरो खसेपछि अवरुद्ध भएको सडक डिभिजन कार्यालय प्युठान जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार प्युठान नगरपालिका, गौमुखी, नौबहिनी गाउँपालिकामा केही स्थानीयको गोठ भत्कदा पशु चौपायाको क्षति भएको छ। भने दर्जनौ घरहरु उच्च जोखिममा रहेका छन् ।


