प्यूठान । राष्ट्रिय खेलको संरक्षण तथा खेलाडी उत्पादन गर्ने उद्धेश्यले झिमरुक गाउँपालिका ४ मा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । एक्टिभ युथ क्लबको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता हुन लागेको कार्यक्रम संयोजक अशोक केसीले बताए । असोज २३ र २४ गते प्रतियोगिताको आयोजना गर्न लागेको उनको भनाई छ ।
प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः नगद २५ हजार,२० हजार र १५ हजार कप,मेडल,प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

