प्यूठान । नेपाल पत्रकार महासंघको निर्वाचनको लागि गठित केन्द्रीय निर्वाचन समितिले भदौ २९ गते प्रकाशन गरेको सदस्यता नामावली केहि जिल्लाका अध्यक्षहरुले असहमति जनाएका छन् । राजिनामा दिई सकेको र राजिनामा पनि स्विकृत भइसकेका अध्यक्ष विपुल पोखरेलको हस्ताक्षरसहितको नामावली प्रकाशन गरेपछि गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । राजिनामा दिएका अध्यक्षको हस्ताक्षरसहितको मतदाता नामावली सार्वजनिक हुनु विधान विपरित भएको उनीहरु ठहर छ ।
नेपाल पत्रकार महासंघको विधान अनुसार सदस्यता वितरण र नविकरण शाखाकी सिफारिस अनुसार प्रदेशले अनुमोदन गरि केन्द्रले अभिलेखिकरण गर्नुपर्ने व्यवस्था रहेको भएपनि सो विपरित र निर्वाचनका लागि गठन भएको निर्वाचन समितिले नामावली प्रकाशन, नामावली उपर उजुरी समेत लिईसकेको अवस्थामा निर्वाचन निर्देशिका र कार्यविधि विपरित मात्र होइन निर्वाचनको सामान्य सिद्धान्त, मूल्य मान्यता र विधि पद्धती विपरित भएको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।
जिल्ला शाखाको निर्णयलाई वाईपास गरेर केन्द्रबाट विधान र शुद्धिकरण मापदण्ड विपरित पटक–पटक थपिएका नाम नहटाएसम्म निर्वाचन कार्यक्रम जिल्लामा बढाउन नसकिने उनीहरुले बताएका छन् । साथै यही परिस्थितीमा निर्वाचनको कार्यक्रम अघि बढाउन खोजे उत्पन्न हुने परिस्थितीको जिम्मेवार महासंघ केन्द्र र निर्वाचन समिति हुने जानकारी समेत बताएका छन् ।

