काठमाडौं । नेपालका सरकारका एक कर्मचारीको ५ महिनामा ४ पटक सरुवा भएको छ । सचिव मधुसुदन बुर्लाकोटीको २०८० चैत १८ पछि ४ ठाउँमा सरुवा भएको हो ।
२०८० चैत १८ सम्म उपराष्ट्रपति कार्यालयमा सचिव रहेका थिए । उनले पछिल्ला ५ महिना १० दिनभित्र ५ वटा निकायका सचिव बोर्डमा नाम लेखाएका कर्मचारी बनेका छन् ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले बुर्लाकोटीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवबाट राष्ट्रिय तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकृतमा सरुवा गरेको छ । १९ चैत २०८० मा उपराष्ट्रपति कार्यालयबाट बुर्लाकोटी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जनसंख्या सचिवका रुपमा सरुवा भएका थिए । १७ जेठमा हरिप्रसाद मैनालीलाई स्वास्थ्यमा लगेर बुर्लाकोटीलाई प्राकृतिक स्रो तथा वित्त आयोग पठाइयो ।
त्यस्तै बुर्लाकोटी वित्त आयोगमा काम गर्दागर्दै कांग्रेस एमालेको सत्ता गठबन्धन बन्यो र माओवादी नेतृत्वको सरकार ढल्यो । त्यसपछि बनेको सरकारले १४ साउनमा एकसाथ २२ सचिव बुर्लाकोटी पनि परे ।
उनले यसपटक अप्रत्यासित रुपमा वाणिज्य सचिवको जिम्मेवारी पाएका थिए । संघीय मन्त्रालयमा उनको दोस्रो ‘पोस्टिङ’ थियो । तर वाणिज्य सचिवमा पनि उनले करिब डेढ महिना मात्रै काम गर्न पाए ।

