अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने नौ जना घाइते भएका छन् । अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडक अन्तर्गत शितगंगा नगरपालिका १२ हिलेखोलामा आज बिहान छत्रदेव गाउँपालिकाबाट बुटवलका लागि छुटेको लु १ ज ४७६३ नम्बरको जीप दुर्घटना हुँदा छत्रदेव–५ टुनिचौरका ६५ वर्षका रामप्रसाद पन्थीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीत सिंह राठौरले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका नौ जनामध्ये छत्रदेव–५ का चुराबहादुर खत्री, सावित्रा विक र दीक्षा पौडेललाई थप उपचारका लागि बुटवल रेफर गरिएको उनले बताए । अन्य घाइतेहरू अनिता परियार र उहाँका २० महिनाका छोरासहित गीता आचार्य, कमला अधिकारी, अनुष्का र विष्णु थापाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

