प्युठान । प्युठान नगरपालिकाले आइतबार सार्बजनिक बिदा दिएको छ । नगरपालिकाले बिहिवार सुचना जारी गरि ॠषि पञ्चमीका दिनमा नगरभित्र सार्बजनिक बिदा दिएको हो । नगरभित्रका धेरै बिद्यालयमा अध्यापन गराउने शिक्षिका रहेको र त्यस दिन महिलाहरु व्रत बस्ने भएकाले नगरभित्र सार्बजनिक बिदा दिएको मेयर बिष्णु बहादुर योगीले बताए । “बिशेष गरि ॠषि पञ्चमीका दिन धेरै महिलाहरु व्रत बस्ने भएकाले महिलाको सम्मान यो बिदा दिएका हौं ” उनले भने ।

