प्यूठान। प्यूठानमा तिम्ल्याहा छोरीको जन्म भएको छ । प्यूठान अस्पताल बिजुवारमा तिम्ल्याहा छोरीको जन्म भएको हो ।
गौमुखी गाउँपालिका-६ लिवाङका सरिता परियारले तीन सन्तानलाई जन्मदिएकी हुन । तीनै जना शिशु र आमाको स्वास्थ्य अबस्था सामान्य रहेको बताईएको छ ।

गाउँकै स्वास्थ्य चौकीमा भिडियो एक्सरे गराउँदा दुईवटा बच्चा देखिए पनि प्युठान अस्पतालमा सुत्केरी हुँदा तीनवटा जन्मिएको गाउँलेले जनाएका छन्।

