प्युठान । प्युठानको माण्डवी गाउँपालिका-२ मा मानव कंकाल फेला परेको छ । जिल्लाको माण्डवी गाउँपालिका-२ अधेरीस्थित दल बहादुर खत्रीको पुरानो घरमा मानव कंकाल फेला परेको हो ।
आइतबार बाँदर धपाउन गएको बेला पानी परेपछि ओत लाग्न उक्त घरमा गएका बेला स्थानीयले मानव कंकाल भेटाएका हुन । घर विगत ७ वर्षदेखि खाली छ । मानव कंकाल बच्चाको जस्तै देखिएको स्थानीयको भनाई । घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानको प्रहरी प्रमुख ईश्वर थापाले बताए ।

