प्यूठान । झिमरुक गाउँपालिका ३ लामासेरामा शुक्रबार साझँ रा १ त ५०५३ नम्बरको ट्याक्टर दुर्घटनामा परि मृत्यु भएका ब्यक्तिको पहिचान खुलेको छ । दुर्घटनामा गौमुखी गाउँपालिका ६ लिवाङका १८ बर्षिय बिरेन्द्र बोहोरोको मृत्यु भएको लिवाङका स्थानीय पदम केसीले बताए । ट्याक्टर फरार रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । दुर्घटनाका कारण भने खुलेको छैन ।

