प्यूठान । आर्थिक अबस्था कमजोर भएकै कारण उपचार बञ्चित भएका नागरिकको उपचारमा नेपाली कांग्रेसका सांसद शुनिल कुमार शर्माले निःशुल्क उपचार गरिदिने भएका छन् । सांसद शर्माले प्यूठान सहित लम्बिनी प्रदेशका दुर्गम जिल्लाका विपन्न नागरिकको निःशुल्क उपचार गर्ने बताएका हुन् । उनका अनुसार उपचार गर्ने आर्थिक हौसियत नभएका, अपरेशन गर्नुपर्ने बिरामीको उपचार गर्ने बताएका हुन् । विपन्न नागरिकको काठमाण्डौ स्थित केएमसी अस्पतालमा सम्पर्क गर्न तथा प्यूठान जिल्लामा सांसद निमा गिरी तथा नेपाली कांग्रेस प्यूठानका सभापति बिष्णुकुमार गिरीलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।

