काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले क्यानडाको ग्लोबल टी-२० खेल्ने भएको छन ।
अल राउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेलाई फ्रेन्चाइज टोली भ्यानकुभर नाइट्सले अनुबन्धन गर्दा कप्तान रोहित पौडेललाई टोरेन्टो नेसनल्सले अनुबन्धन गरेको छ।
क्यानडियन लिग ग्लोबल टी-२० मा दीपेन्द्रले यसअघि २०२३ को संस्करण मोन्ट्रियल टाइगर्स बाट खेल्दै उपाधिसमेत जितेका थिए। त्यस्तै विश्वका चर्चित फ्रेन्चाइज लिगहरुको अनुभव बोकिसकेका सन्दीप मोन्ट्रियल र टोरोन्टोमा अनुबन्ध भएर ग्लोबल टी-२० खेलिसकेका छन्।
यस संस्करणको ग्लोबल टि-२० लिग जुलाई २५ देखि सुरु हुँदैछ ।

