प्युठान । धार्मिक तथा पर्यटकिय क्षेत्र झुलेनिकाे सरसफाइ स्थानियले शनिबार गरेका छन ।
मनमाेहक दृश्य अबलाेकन गर्नका लागि उपयुक्त स्थान रहेकाे झुलेनिकाे मन्दिर छेउछाउमा रहेका झाडि सफाइ तथा फाेहर ब्यबस्थापन स्थानियबाट गरिएको गिरुप्रसाद भण्डारीले बताएका छन ।
झुलेनिबाट अहिले जिल्लाकाे अधिकाम्स भुभाग , धौलागिरी हिमशृङखला , लिस्ने लेकमा फुलेका लालिगुरास , रमणिय शिबधुरि लगाएतकाे मनाेरम दृश्य देख्न सकिन्छ ।
झुलेनिमा आन्तरिक पर्यटक नियमित आउने गरेका छन त्यस क्षत्रमा जानका लागि कालिका मन्दिर बिजुवार , भित्रिकाेट दरबार , लम्क्षाङ , झुलेनि क्षत्र , मालारानि गुफा लुप्लुङ्ग , लुप्लुङ्ग बराह मन्दिर तथा ताल अबलाेकन , चुनढुङ्गा तथा माक्रे मन्दिरकाे दर्शन गर्न सकिन्छ ।

