प्युठान । बुधबार बिहान परेको बर्षाका कारण जुङखोलामा बाढि आउँदा खानेपानी,सिंचाइ कुलो तथा धानको ब्याडमा क्षति गरेको छ । भने अविरल बर्षाका कारण बस्तीमा भल पसेको प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले बताए ।

प्यूठान नगरपालिका वडा नं . ३ जुङखोलामा आएको बाढिले खानेपानी, सिंचाई कुलो तथा धान रोप्न तयार गरिएका खेतहरु, धानको व्याड बगाएको छ । भने जुङखोलामा करिव ४ किलोमिटर क्षेत्र ३ मिटर धसिँएको छ । ७ वटा सिंचाई कुलो, २ वटा खानेपानी आयोजना क्षति पुगेको छ । क्षतिको विवरण संकलन भैरहेको नगरपालिकाले जनाएको छ ।

