प्यूठान । प्यूठानको माण्डवी गाउँपालिकाले लक्षित बर्गसगँ उपाध्यक्ष कार्यक्रम ल्याएको छ । पालिकाले अपांगता भएकाहरु र एकल महिलाहरुकालाई सहज जिबनयापनमा सहयोग पु¥याउन लक्ष्यका साथ कार्यक्रम ल्याएको माण्डवी गाउँपालिकाका उपाध्यक्ष प्रर्णप्रसाद कालाथोकीले बताए । एकल महिला र शारीरिक अपांगता भएका ब्यक्तिलाई दैनिकी जीबन सञ्चालनमा हुने र उनीहरुलाई सहयोग गर्न गाउँपालिका स्तरीय अपांग संजालको बैठकबाट यो कार्यक्रम सुरु गर्ने तय भएको उपाध्यक्ष कालाथोकीले बताए । ‘हामीले यसै बर्षदेखि क र ख बर्गका अपांगता भएका र एकल महिलाहरुका लागी अपांगमैत्री शौचालय र स्वास्थय परिक्षण गर्न लागेका हौँ’ उनले भने,‘यसले उनीहरुलाई सहज हुनेछ ।’
एकल महिला र शरीरिक अशक्तताका कारण कठिन जीवनयापन गर्न बाध्य भएका उनीहरुलाई केहि भएपनि राहत पु¥याउन तथा सरकार भएको अनुभुति दिन यस्तो खालको कार्यक्रमले सहयोग पुगने अपेक्षा गरिएको छ । यो कार्यक्रम सञ्चालन भएपछि माण्डवी गाउँपालिकाका क र ख बर्गका करिब ११३ जना अपांगता भएका ब्यक्ति र एकल महिलाले लाभ लिने छन् । साथै यस कार्यक्रमबाट उद्यमशील बन्न चाहानेलाई उद्यमशील बनाउने तथा आबश्यक अनुदानको ब्यबस्था गरेको माण्डवी गाउँपालिकाका उपाध्यक्ष कालाथोकीले बताए ।
‘उद्यमशील बन्नेहरुलाई शतप्रतिशतसम्म अनुदान दिएर स्वरोजगार पनि बनाउछौँ त्यसका लागी आबश्यक बजेट पनि ब्यबस्था गरेका छौँ’ उनले भने,‘यसले स्वरोजगार बन्न सहयोग पुग्छ ।’ यो कार्यक्रमले अपांगता भएका मात्र नभई एकल महिलालाई पनि उद्यमशील बनाउने गरी कार्यक्रम अगाडी बढाउने तयारी थालेको उपाध्यक्ष कालाथोकीले बताए । ‘सबैको नजरमा महिलाहरु परेपनि एकल महिला परेका छैन्न तिनीहरुलाई पनि समाबेश गरेका छौँ’ उनले भने ।

