प्युठान । मोटरसाइकल दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । ऐरावती गाउँपालिका २ ददेरीमा भएको रा ३ प ८४५७ नम्बरको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको हो ।
दुर्घटनामा ऐरावती गाउँपालिका ५ झिवाङका हरिलाल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए। थापाको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो ।

