शिव राज खनाल
दाङ
राजपुर गाउँपालिकाले पालिका भित्रका वडाहरुमा क्रमशः निस्सा बितरण गरि रहेको छ ।
बिगत देखि पालिका भित्र बसोबास गरिरहेका भुमिहिन सुकुम्बासी ,भुमिहिन दलित, बिपन्न तथा अव्यवस्थित बसोबासीको लगत संकलन गरेको थियो । सोही आधारमा छनौटमा परेका भुमिहिन सुकुम्बासी , भुमिहिन दलित, बिपन्न तथा अव्यवस्थित बसोबासीहरुलाइ निस्सा बितरण चलेको हो ।
यहि क्रममा गाउँपालिले वडा नम्बर २, ३, ४ , ५ र ६ मा निस्सा बितरण गरिसकेको छ । साथै वडा नम्बर १ पुरै र वडा नम्बर ७ को नाका क्षेत्रमा निस्सा बितरणको तयारीमा रहेको पालिकाले बताएको छ ।
गाउँपालिकाको टोलिले आज वडा नम्बर ७ सिक्टा र गोठुवामा भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुका लागि निस्सा बितरण गरेको हो ।
निस्सा प्राप्त गरेको प्रमाणपत्रकै आधारमा जग्गा नापजाँच तथा अन्य प्रक्रिया अघि बढ्ने भएकोले यसको संरक्षण गरेर राख्न पालिका अध्यक्ष सरद कुमार बुढाथोकीले अनुरोध गरे । क्रमशः निस्सा बितरण सबै वडामा गरि सक्ने र यसपछी अन्य प्रक्रियाको काम थालेर चाडै राजपुरका सुकुम्बासी तथा भुमिहिनहरुलाई धनीपुर्जा उपलब्ध गराईने उनले बताए । तेस्तै गाउँपालिका उपाध्यक्ष धनपती देबि यादबले पालिका भित्र बसोबास गर्ने कोहि पनि जग्गाधनी पुर्जा बाट बन्चित नहुने गरि पालिकाले काम गरिरहेको बताइन । तेस्तै वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलिले चाडैनै वडाका बाकी क्षेत्रमा निस्सा बितरण गरिने बताए ।
कार्यक्रम राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर वलीको अध्यक्षता, गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यता, र उपाध्यक्ष श्री धनपति देवि यादवको विशिष्ट आतिथ्यता भएको हो। उक्त कार्यक्रममा भुमी ब्यबस्थापन शाखा प्रमुख सरद रेग्मी, शाखाका कर्मचारी, वडाका कर्मचारी लगायत स्थानीयबासीहरुको समेत सहभागीतामा रहेको थियो ।
अन्य स्थानमा निरन्तर रुपमा निस्सा बितरण कार्य चालू रहने गाउँपालिकाले जनाएको छ ।

