प्यूठान । सरकारले किसानका लागी कृषि बिमाको ब्यबस्था गरेपनि किसानलाई बिमाको बारेमा जानकारी नहुदाँ क्षेति ब्यहोर्दै आएका छन् । कृषि बिमामा बिमांङ्कका ८० प्रतिशत सरकार र २० प्रतिशत किसानले ब्यहोर्नुेपर्ने ब्यबस्था छ तर बिमाको बारेमा जानकारी नहुदाँ किसानले क्षेति ब्यहोर्दै आएका छन् । किसानले ब्यहोर्दै आएको क्षेतिलाई कम गर्न झिमरुक गाउँपालिकाले किसानलाई एक दिने कृषि बिमा सम्बन्धी तालिम दिएको छ ।
गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममो बोल्दै अध्यक्ष महतरा क्षेत्रीले किसानले कृषिमा ठुलो लगानी गरेपनि बिभिन्न समयमा आउने प्राकृतिक प्रकोप ठुलो क्षेति ब्यहोर्दै आएको बताउनुभयो । त्यस्ता प्रकोपमा पनि किसानलाई क्षेतिबाट बचाउन कृषि बिमा गर्नुपर्नेमा जोड दिनुभयो । तालिमको सहजीकरण गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानका प्रमुख चुमानसिंह गिरीले अहिले किसानले अनिवार्य रुपमा आफ्नो पशुपंछी तथा कृषि बालीको बिमा गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बिभिन्न वडाबाट २ सय जना भन्दा बढी कृषकहरुके सहभागीता रहेको थियो।

