प्यूठान । प्यूठानमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ ।
माण्डवी गाउँपालिका २ रातापानीका ६२ बर्षिय चन्द्र बिर थापाको ज्यान गएको हो । मंगलबार विहान १० बजे घरबाट काम गर्न भनि हिडेका थापा मर्कावाङ स्थित साउने खोलाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहर्री कार्यालय प्यूठानले जनाएको छ । उनी भीरबाट झण्डै २०० मिटर तल खसेका थिए ।
मृतक थापाको शवलाइ पोस्टमार्टमको लागि जिल्ला अस्पताल विजुवार लगिएको प्रहरीले जनाएको छ ।