प्यूठान । प्यूठानको बिकासका लागी सबै दलहरु एकै ठाउँमा उभिनुपर्ने लुम्बिनी प्रदेश सरकारका शहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापाले बताएका छन् । मंगलबार प्यूठान नगरपालिकाले गरेको स्वागत कार्यक्रममा आफ्नो भनाई राख्दै जिल्लाको बिकासमा सबै एकजुट हुनुको बिकल्प नभएको बताएका हुन् ।
प्यूठानको बिकासको लागी गाउँ, वडा, पालिका तथा क्षेत्रबाट योजनाहरु ल्याई ती योजनाको बिषयमा सर्वदलीय बैठकबाट छलफल गर्न मन्त्री थापाले आग्रह गरे । सर्वदलीय बैठकबाट निर्णय गरी आएमा आफ्नो पूर्ण सहयोग रहने समेत बताए । ‘मेरो मन्त्री पद सधै रहदैन मन्त्री भएकै बेला जिल्लाको बिकास गर्ने हो, त्यसका लागी सर्वदलीय बैठकबाट निर्णय गरी ल्याउनुहोस, म त्यहि निर्णयमा काम गर्छु’ मन्त्री थापाले भने,‘छुट्टाछुट्टै योजना माग्दा खास योजनाहरु छुट्छन हुदैनन् ।’
नगरप्रमुख विष्णु बहादुर योगीको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा नगर उपप्रमुख देवेन्द्र वर्माले स्वागत तथा नगरपालिका आवश्यक विकासका कुराहरू जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत नारायण भण्डारीले गरेका थिए ।

