प्यूठान । गौमुखी गाउँपालिकाले सोमबारदेखि श्रम स्विकृति दिन थालेको छ । पालिकाले आजदेखि बैदेशिक रोजगारीका लागी तेस्रो मलुक जाने नागरिकलाई श्रम स्विकृति दिन थालेको गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णुकुमार गिरीले जानकारी दिए ।
संघ सरकारले श्रम स्विकृति स्थानीय तहबाटै दिने ब्यबस्था गरेको छ । स्थानीय तहबाट श्रम स्विकृति पाउने भएपछि नागरिकहरु खुसी भएका छन् । श्रम स्विकृति पाएपछि घर नजिकैको सरकारबाट पाएपछि खुसी लागेको गौमुखी गाउँपालिका–२ का रुपे बुढा मगरले बताए । ‘पहिला श्रम स्विकृति लिन काठमाण्डौं तथा बुटवल जानुपर्ने बाध्यता थियो तर अहिले आफ्नौ पालिकाबाट आइयो’ उनले भने,‘यसले हामी रोजगारीका लागी बिदेश जानेलाई धेरै राहत मिलेको छ ।’
पालिकाबाट सेवा सुचारु हुदाँ धेरै पैसा खर्च गरेर काठमाण्डौं जान तथा लाइनमा बस्नु नपर्नु उनले बताए । अब रोजगारीका बिदेश जाने नागरिकले श्रम स्विकृति पालिकाको रोजगार सेवा केन्द्रबाट लिन पालिकाले आग्रह गरेको छ । स्थानीय तहबाटै श्रम स्विकृति दिने गौमुखी गाउँपालिका प्यूठानको पहिलो पालिका समेत भएको छ ।