प्यूठान। प्यूठानको गौमुखी गाउँपालिकाले परम्परागत रैथाने बाली संरक्षणमा जुटेको छ ।
पालिकाबाट फापर, कोदो जस्ता परम्परागत रैथाने बाली लोप हुदै गएपछि बाली संरक्षणमा जुटेको गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णुकुमार गिरीले जानकारी दिए । “पोषणयूक्त बाली पछिल्लो समय लोपोन्मुख अबस्थामा रहेकाले यसलाई संरक्षण गर्न लागेका हौँ” उनले भने,“पालिकाले नीति बनाएर नै मौलिक परम्परागत बाली संरक्षण गर्ने कार्यक्रम ल्याएका छौँ ।”

शहर बजारमा यस्ता रैथाने बालीको माग उच्च रहेपनि गाउँमा यस्ता बालीको खेती गर्न भने किसानको चासो कम हुदै गएको छ । गौमुखी गाउँपालिकाले कोदो, फापर जस्ता बालीको संरक्षण तथा उत्पादनप्रति किसानलाई आकर्षित गर्न बिउ,मलका साथै किसानले उत्पादन गरेको बाली खरिद समेत गर्ने तयारी गरेको छ । प्यूठानमा केहि मात्रामा मौलिक रैथाने बाली उत्पादन हुने भएपनि मदिरा बनाउन तथा पशुपंछीको आहाराको रुपमा प्रयोग हुने गरेको छ ।

