प्युठान । प्युठानमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन । जिल्लाको बाग्दुलादेखी फोप्लीतर्फ जादै गरेको ना ४ ख १३०९ नम्बरको बस खोलीगाउँमा दुर्घटना भएको हो । घाइतेहरुको जिल्ला अस्पताल र निमतारा पोलिक्लिनिक बिजुवार उपचार भैरहेको छ । उनीहरुको अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । सडक चिप्लो भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ । दुर्घटना बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

