प्युठान ।
प्युठान ट्राफिक प्रहरीले सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरेको छ । सडकमा हुने दुर्घटना न्यूनीकरण गर्नका लागि चालकको स्वास्थ्य परिक्षण गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख चन्द्र के सीले समाचार स्पेशलाई जानकारी दिए ।

अधिकांश दुर्घटना चालककै कमजोरीका कारण भएकाले सवारी चलाइरहेका चालकको स्वास्थ्य परीक्षण र नि:शुल्क औषधी दिएको हो ।

देबिस्थान स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा चालकको उच्च रक्तचाप, आँखाको भिजन परीक्षणलगायत मानसिक तथा शारीरिक थकानको जाँच गरिएको छ। सिबिरबाट एक सय पाँच जनाको स्वास्थ्य जाच गरिएको छ । उनीहरुमा आँखा तथा उच्चरक्तचापको समस्या देखिएको देवीस्थान स्वास्थ्य चौकीका प्रमुख गिर बहादुर नेपालीले बताए ।

