काठमाडौं । दाङमा खुकुरी प्रहार गरि एक महिलाको हत्या भएको छ । भने अन्य दुई जना घाइते भएका छ्न । तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराका स्थानीय टेकबहादुर मल्लले खुकुरी प्रहार गर्दा ४३ बर्षिया रिता लामिछाने माथी खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।
रितालाई खुकुरी प्रहार गरि हत्या गरेका टेकबहादुरले सोही गाउँकै बिरबहादुर हमाल र उनकी आमा चन्द्रकुमारी हमाललाई पनि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट घाईते भएका हमालद्धयको तुलसीपुरमा उपचार भैरहेको छ ।
खुकुरी प्रहार गर्ने टेकबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

