प्यूठान झिमरुक गाउँपालिकामा भएको एक दिने आँखा शिविरबाट २ सय २३ जनाले सेवा लिएका छन् । सोमबार झिमरुक ५, मच्छीमा भएको शिविरमा २ सय २३ जानाले आखाको जाच गराएको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो ।
शिविरबट १ सय ३१ जना पुरुष र ९२ जना महिला गरि कुल २ सय २३ जनाले सेवा लिएका छन् । गाउँपालिका भित्रका अति विपन्न, गरिव बृद्धबृद्धा, अशक्त भएका ४० वर्ष माथिका आखाँमा समस्या भएका नागरिकलाई सहजताका लागी शिबिरको आयोजना गरिएको थियो शिबिरबाट १६ जनालाई मोतीविन्दुको समस्या देखिएको र उनीहरुलाई अपैशन गर्नुपर्ने देखिएको झिमरुक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिकास केसीले बताउनु भयो । मोतियाबिन्दु भएकाहरुलाई गाउँपालिकाको सहयोगमा नरेन्द्र गायत्री आखा अस्पताल बिजुवारमा अर्पेशन गरिने छ ।
शिविरमा ८३ जनालाई निशुल्क चस्मा र औषधी बितरण गरिएको स्वास्थ्य शाखा प्रमुख के.सीले बताउनु भयो । नरेन्द्र गायत्री आँखा अस्पताल,बिजुवार प्युठानको आयोजना तथा झिमरुक गाउँपालिकाको समन्वयमा शिविर संचालन गरिएको थियो ।

