प्यूठान
प्यूठानमा एक पुरुषको बेवारिसे शब फेला परेको छ ।
शुक्रबार सरुमारानी गाउँपालिका ४ कुडुले स्थित खहरे खोला दोभान नजिकै पुरुषको शब फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले बताएको छ ।
पुरुषलाई माडी नदिले बगाएर ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । स्थानीयले दाउरा खोज्न जाने क्रममा पुरुषको शब देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको अनुसन्धान गर्न प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएको छ । भेटिएको पुरुषको शवको टाउको क्षतबिक्षत अबस्थामा रहेको प्रहरीले बताएको छ ।
त्यस्तै बिहिबारमात्रै झिमरुक गाउँपालिका ४ सुसाउने पहरामुनी मदाने गाउँपालिकाका २३ बर्षिय कपिल कुवर मृत भेटिएका थिए । ती यूवा तीजको दिन छिमेकी जिल्ला प्यूठानको झिमरुक गाउँपालिका–१ स्थित बालुवाखोलामा तीज मेला हेर्न गएका थिए ।