प्यूठान । जिल्ला खोप समन्वय समितिको बैठक आइतबार बिजुवारमा सम्पन्न भएको छ ।
समितिका संयोजक धरम बहादुर जि सीको अध्यक्षतामा भएको बैठकले जिल्ला पुर्णखोप अध्याबधिक गर्ने निर्णय गरेको छ । बैठकमा संयोजक जि सीले हरेक बालबालिकाको पुर्ण खोपको अधिकारबाट बन्चित नहोस भनेर हरेक बर्ष अध्याबधिक गरी पुर्णखोप जिल्ला घोषणा गर्ने गरिएको छ ।
जिल्लाका सबै स्थानिय तहमा स्वास्थ्यकर्मीको नेतृत्वमा सर्बेक्षणको काम भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख मधुसुदन खड्काले बताएका छन ।
सर्बेक्षणका समयमा ५ बर्ष सम्मका बालबालिकाको पहिचान गरि १६ देखि २३ महिनासम्मका बालबालिकाले पुर्ण खोप पाएको सुनिश्चित गर्ने, यदि नपाएको भएको खोप दिने काम सकिएपछि पुर्ण खोप पालिका,जिल्ला घोषणा गर्न सकिने खोप फोकल प्रसन कोशल बैधले बताएका छन ।
जिल्लाभर अहिले सर्बेक्षणको काम भइरहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

