काठमाण्डौ – एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दैछन् ।
यो खेल अहिले केहीबेरमा श्रीलंकाको पाल्लिकेमा शुरु हुँदैछ । भारतले टस जितेको छ । उसले ब्याटिङ रोजेको छ । पाकिस्तानले पहिला बलिङ गर्दैछ ।भारतको कप्तानी रोहित शर्मा र पाकिस्तानको बाबर आजमले गर्दैछन् । एसिया कपको आयोजक पाकिस्तान भएपनि भारत नजाने भएपछि श्रीलंकामा खेल हुन लागेको हो ।
भारत र पाकिस्तानको क्रिकेट खेललाई दुवै देशले ठूलो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् । त्यसैले यी दुई देशबीचको खेललाई विश्वभर नै चर्चा र रुचिका साथ हेरिन्छ । पाकिस्तान एकदिवसीय विश्व वरियताको शीर्ष स्थानमा रहेको छ भने भारत तेस्रो स्थानमा छ ।

