प्युठान । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा प्युठान आउने भएका छन ।
नेपाली काङ्ग्रेस प्युठानले फाल्गुन १२ गते प्युठानकाे बालमन्दिर नजिकै गर्न लागेकाे बृहत आमसभालाइ सम्बाेधन गर्न काङ्ग्रेस महामन्त्री थापा प्युठान आउने नेपाली काङ्ग्रेस प्युठानले जनाएको छ ।
पछिल्लाे समसामहिक राजनीतिक अबस्था र काङ्ग्रेसको भाबि याेजनाबारे कार्यकर्ता माझ पुर्याउन काङ्ग्रेस महामन्त्री थापालाई कार्यक्रममा आमन्तण गरिएको नेपाली काङ्ग्रेस प्युठानका सभापति बिष्णुकुमार गिरिले बताएका छन ।
थापा काङ्ग्रेसको महामन्त्री भए पछि राजनैतिक कार्यक्रममा पहिलाे पटक प्युठान आउनथालेका हुन ।


