प्यूठान । ३ बर्षिय छोराको हत्याको आरोपमा आमा पक्राउ परेकी छिन् ।
झिमरुक गाउँपालिका –७ काभ्रेखोलाकी ३२ बर्षिया नारायणी के.सीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । छोराको हत्या गरी काँखमा च्यापेर गाउँमा हिडिरहेका अबस्थामा के.सीलाई पक्राउ गरेको हो ।
३ बर्षिय छोरा अप्रेल एम सीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा आमाको संगलनता देखिएको हँुदा के सीलाई म्याद थप गरी अनुसन्धानका लागी थुनामा राखिएका प्रहरी निरिक्षक हुमानन्द खनालले जानकारी दिए । खनालका अनुसार हत्या गर्ने के सी लाई कर्तब्य ज्यान मुद्धा दर्ता गरिएको छ ।

