प्युठान: प्युठानको झिमरुक गाउँपालिकाका उपाध्यक्षले भ्रष्टचारका सबै फाइल खोल्ने बताएका छन ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै बजारमुल्य भन्दा बढिमा सामान खरिद गर्ने, कमिशनको बार्गेनिङ गर्दै ठेकेदार खोज्दै हिड्ने र भ्रष्टाचार गर्नेको सबैलाई छानबिनको दायरामा ल्याउने बताएका छन ।
पालिकामा हुने यस्ता क्रियाकलाप विरुद्ध सडकमा उत्रिन तयार रहेको र भ्रष्टाचारीलाई छानबिनको दायरामा ल्याउन नसके राजनीतिबाट सन्यालिन तयार रहेको पोख्रेलले बताएका छन । आफू जनताको सेबक भएको यस्ता बेथिति विरुद्ध लडिरहने बताएका