प्यूठान । एचआईभी संक्रमित माथि हुने लान्छाना, भेदभाव बिरुद्ध मानव अधिकार संरक्षण र जीविकोपार्जन समर्थन कार्यबिधि २०८२ का बिषयमा प्यूठान नगरपालिकामा छलफल भएको छ ।
प्यूठान नगरपालिकाले स्थानीय तहको संवैधानिक भूमिकालाई आत्मसात गर्दै एचआईभी संक्रमित व्यक्तिहरूको गरिमा, अधिकार, सामाजिक समावेशिता र आर्थिक सशक्तीकरण सुनिश्चित गर्न “एचआईभी संक्रमित माधि हुने लान्छना, भेदभाव विरुद्ध, मानव अधिकार संरक्षण र जीविकोपार्जन समर्थन कार्यविधि, २०८२० तयारका सन्दर्भमा मस्यौदा माथि छलफल गरिएको हो ।
यस कार्यविधिले PLHIV का लागि गैर–भेदभावपूर्ण सेवा पहुँच, कानुनी सुरक्षा, मनोसामाजिक समर्थन, स्वास्थ्य उपचार, शिक्षा, सीप विकास, स्वरोजगार तथा सामाजिक पुनःस्थापनाका उपायहरू सुनिश्चित गर्दै सामाजिक न्याय, समावेशिता र मानवअधिकारको प्रवद्र्धन गर्ने लक्ष्य लिएको प्युठान प्लसका कार्यक्रम संयोजक तपेन्द्र बिकले बताएका छन ।
छलफल कार्यक्रममा प्युठान नगरपालिकाका मेयर बिष्णु बहादुर योगीले मस्यौदामा नगरपालिकाको बिद्येयक समितिमा थप छलफल गरी अगाडि बढाउने, नगरपालिकाले अहिले पनि स्वास्थ्य कार्यक्रम मार्फत स्वास्थ्य र पोषणमा सहयोग पुर्याएको बताएका छन ।
मस्यौदा निर्माणमा महिला,कानुन र बिकास मन्च (FWLD) को आर्थिक सहयोग र प्युठान प्लसको समन्वयमा तयार गरिएको हाे ।

