प्यूठान । राष्ट्रपति रनिङ शिल्डमा अब क्रिकेट र फुटबललाई समाबेश गर्नुपर्ने लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानीमन्त्री सरोज थापाले जोड् दिएका छन ।
बिहिबार प्यूठान नगरपालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । बिश्वको सबैभन्दा चर्चित र ब्याबसायिक खेल क्रिकेट र फुटबल समाबेश गर्नुपर्नेमा मन्त्री थापाले जोड् दिए । अहिले बिभिन्न बिधाका खेलहरु समाबेश भएपनि यी खेलहरु यस्ता प्रतियोगितामा समाबेश भएका छैनन् ।
राष्ट्रपति रनिङ शिल्डमा यी खेलहरु समाबेश भए करियर बनाउन तथा यसको गरिमा अझ बढ्ने उनको धारणा थियो । त्यस्तै छोराछोरीको जुन क्षेत्रमा रुची छ अभिभाबकले त्यहि अनुसार लाग्नुपर्ने बताए ।



!

