प्यूठान । टमाटर खेनीको लागी प्रख्यात रहेको प्यूठान नगपालिका ६ गुरुङगाउँमा टमाटर खेतीमा रोगको प्रकोप देखिए छ । टमाटर खेतीमा रोगको प्रकोप देखिएपछि गुरुङगाउँका किसानहरु चिन्तित बनेका छन् । किसानले लगाएको टमाटर बालीमा अज्ञात रोग लागेको किसान खिम बहादुर गुरुङले बताए । उनका अनुसार टमाटरको फल तथा बोट कुहिने, फल नलाग्ने र पात सुक्ने जस्ता समस्या देखिएको छ । ‘गाउँभरीका किसानले लगाएको टमाटरमा रोग देखिएको छ’ उनले भने,‘रोगका कारण उत्पादनमा दोब्बरले कमी आयो ।’
टमाटरमा लागेको रोग नियन्त्रण गर्नका लागी बिषादी प्रयोग गरेपनि रोक्न नसकिएको गुरुङको भनाई छ । ‘टमाटरमा लागेको रोगको पहिचानका लागी कृषि प्राबिधिकसगँ देखाएपनि पहिचान भएको छैन’ गुरुङले भने,‘रोगका कारण गाउँभरीकै किसान लगाएको टमाटरमा देखिएको छ ।’

टमाटरमा पहिला पहेँलो धव्ब देखिएपछि बिस्तारै फैलिदैँ पुरै बोटमा सर्दै जाने किसान खिम बहादुर गुरुङले बताए । पहिला दिनमा २ गाडी टमाटर उत्पादन हुने गरेपनि अहिले हप्तामा १ गाडी टमाटर पनि उत्पादन गर्न गाह्रो भएको उनको भनाई छ ।


