प्यूठान । प्यूठानका सामुदायिक विद्यालयमा स्मार्ट टिभि सहितका सामाग्री वितरण गरिएको छ । नेपाल जेसुईट सामाजिक संस्थाले स्मार्ट एजुकेशन हब कार्यक्रम अन्तर्गत जिल्लाका सात वटा विद्यालयलाई सामाग्री प्रदान गरेको सस्थाले जानकारी दिएको छ।
सस्थाले जिल्लाका सात वटा स्थानीय तहमा रहेका विद्यालयलाई ५५ इन्चको स्मार्ट टिभी, ट्याबलेट र वाईफाई राउटर प्रदान गरेको हो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानको समन्वयमा सामाग्री बितरण गरिएको हो । जस अन्तगर्त स्वर्गद्धारी नगरपालिका–५ को नेपाल राष्ट्रिय आधारभुत विद्यालय, नौबहिनी गाउँपालिका–१ को सरि प्रकाश आधारभुत विद्यालय, गौमुखी गाउँपालिका–१ को महेन्द्र आधारभुत विद्यालय, झिमरुक गाउँपालिका–१ को अमरसिंह प्राथमिक विद्यालय, ऐरावती गाउँपालिका–१ को बालशिक्षा आधारभुत विद्यालय, सरुमारानी गाउँपालिका–६ को ऐश्वर्या नेपाल प्राथमिक विद्यालय र प्यूठान नगरपालिका–५ को ज्ञानज्योति प्राविलाई उक्त सामाग्री प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

