प्यूठान । वन संरक्षण गर्ने अधिकार समुदायको नै रहेको ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल बिक्रम शाहले बताउनु भएको छ । सामुदायिक वन महासंघ ऐरावतीले आयोजना गरेको सामुदाियक वनका अवसर,चुनौती तथा सवाल बिषयक अन्तक्रिया कार्यक्रममा बाल्दै यस्तो बताउनुभएको हो । सरकारले समुदायलाई नै वनको संरक्षण, उपभोग गर्ने अधिकार दिएकाले यस संरक्षण गर्ने दायित्व उपभोक्ताको हो । गर्मीयाम सुरु भएसगैँ ऐरावती गाउँपालिकाका सामुदायिक वनमा आगआगीका घट्ना बढ्दै गएका छन् ।
वनमा आगो लाग्न नदिने तथा डढेलो लगाउनेलाई कानुनी दायरामा ल्याउनुपर्ने शाहले बताए । ‘वनमा डढेलो लगाउन हुदैन भन्ने सबैलाई थाहा छ तर समुदायका मान्छेले नै लगाउने गरेका छन’ उहाँले भन्नुभयो,‘वनमा डढेलो लगाउनलाई कानुनी दायरामा ल्याएर कार्वाही गर्न समुदाय नै अग्रसर हुनुपर्छ ।’ वन संरक्षण र दिगो ब्यबस्थापनका लागी सामुदायिक वनसगँ पालिका सहकार्य गर्न तयार रहेको पनि बताउनुभयो ।
त्यस्तै सामुदायिक वनको बार्षिक कार्ययोजना नबनाउदा वनहरु धेरै समस्यामा पर्ने गरेका छन् । कार्ययोजना बनाएर लागु गर्न सके ती समस्या समाधान हुने बताउनु भयो ।

सव डिभिजन वन कार्यालय बरौँलाका प्रतिनीधी बरुण नेपालीले सामुदायिक वनले लेखा परिक्षण नगर्दा वनको बास्तबिक आम्दानी,खर्च थाहा नभएको बताउनुभयो । वनको आम्दानी बढाउन उपभोक्ताले अन्य आम्दानीको स्रोतको खोजी गर्नुपर्ने र भएको स्रोतको सही ब्यबस्थापन गर्न आग्रह गर्नुभयो । सामुदायिक वन उपभोक्ता महासंघ लुम्विनी प्रदेशका सदस्य दामेदार शर्माले अहिलेको जलवायू परिवर्तनको समस्या हल गर्न वनको संरक्षण गर्नु अपरिहार्य रहेको बताउनुभयो । ‘अहिले जलवायू परिवर्तनको चपेटामा हामी परेका छौँ त्यो समस्या हल गर्न वनको संरक्षण गर्न आबश्यक छ ।’ उहाँले भन्नुभयो । कार्यक्रममा ऐरावती गाउँपालिकाका ५२ वटा सामुदायिक वनका उपभोक्ताको सहभागिता रहेको थियो । भने सामुदायिक वन महासंघ ऐरावतीको आयोजना तथा ऐरावती गाउँपालिकाको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो ।



