प्यूठान । प्यूठानको गौमुखी गाउँपालिका किसानलाई अदुवा बितरण गरेको छ । मसला बाली प्रवद्र्धन कार्यक्रम अन्तगर्त पालिकाले अनुदानमा अदुवाको बीउँ बितरण गरेको गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम पौडेलले बताउनुभयो । ‘गौमुखीलाई अदु्वामा आन्मनिर्भर बनाउन कृषि फर्म, सहकारी,ब्यबसायिक फर्मलाई पूर्ण अनुदानमा बीउँ दिएका हौँ’ उहाँले भन्नुभयो,‘यो कार्यक्रमले पालिकालाई अदुवामा आत्मनिर्भर बनाउन सहयोग पुग्नेछ ।’
प्रमुख प्रशासकीय अधिकृत तुलसीराम पौडेलका अनुसार ७ वटा कृषि फर्म, एउटा कृषि सहकारी र एक घर एक करेसाबारी अन्तर्गत सात वटै वडाका १०÷१० जनालाई बीउँ बितरण गरिएको हो ।

