प्यूठान । महिला नेतृत्व तथा शीप बिकास तालिम झिमरुक गाउँपालिकामा सुरु भएको छ । सामाजिक बिकास डिभिजन कार्यालय प्यूठानको आयोजनामा चैत्र १३ गतेबाट तालिम सुरु भएको हो । झिमरुक गाउँपालिकाका ८ वटै वडामा यो तालिम सञ्चालन भएको हो महिलाहरुमा शीप नहुदाँ घरभित्रै सिमित रहनुपरेको छ । महिलाहमा शीप बिकास गर्न यो तालिम सञ्चालन गरेको सामाजिक बिकास डिभिजन कार्यालय प्यूठानका प्रमुख पूण्य प्रसाद न्यौपानले बताए । उनका अनुसार पहिलो चरणमा महिलाको शीप बिकास तालिम अन्तगर्त सिलाई कटाई तथा सेनेटरी प्याड बनाउने तालिम दिइएको छ । ‘हामीले झिमरुक गाउँपालिकाभित्रका वडाहरुमा यो तालिम सञ्चालन गरेका छौँ’ उनले भने,‘यसले महिलाको शीप बिकासमा सहयोग हुनेछ ।’
त्यस्तै दोस्रो चरणमा पालिकाका ८ वटै वडाबाट ४०÷४५ जनाका दर र गौमुखी क्याम्पसका बिद्यार्थीलाई ७ दिने बित्तिय ब्यबस्थापन, उद्घोषण, अतिथी सत्कार जस्ता तालिम सञ्चालन हुने आयोजकले बताएको छ । यो तालिम पश्चात महिलालाई उद्यमसगँ जोड्न मद्धत पुग्नेछ । यो तालिम चैत्र २५ गतेसम्म चल्ने आयोजकले बताएको छ ।

