प्यूठान । गाउँ सभा सञ्चालन तथा कानुन निर्माण प्रकृया सम्बन्धी दुई दिने सिकाई अभ्यास कार्यशाला गोष्ठी आज (शुक्रबार) गौमुखी गाउँपालिकामा सुरु भएको छ । गौमुखी गाउँपालिकाको आयोजनामा कार्यशाला गोष्ठी सञ्चालन भएको हो । गाउँ सभा सञ्चालन तथा सभाबाट निर्माण हुने नीति तथा कानुन निर्माणको बिषयमा कार्यशाला गोष्ठीमा छलफल हुने गौमुखी गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपालका सल्लाहकार तथा छत्रबेद गाउँपालिकाका निबर्तमान अध्यक्ष लेखनाथ पौडेलले स्थानीय तहले निर्माण गर्ने नीति तथा कानुन निर्माण गर्द स्थानीय भौगोलिक अबस्था,स्थानीय परिवेश लगायतका क्षेत्रलाई अध्ययन गरी कानुन निर्माण गर्नु पर्ने बताए । त्यस्तै अधिबक्ता झङकर कुवरले नेपालको संबिधानले स्थानीय तहलाई दिएको अधिकारभित्र रहेर कानुन निर्माण गर्न आग्रह गरे ।



