प्यूठान नगरपालिकामा नवनिर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्रको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी प्यूठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर योगीले भवनको उद्घाटन गरिएको हुन । ग्रामीण उद्यम तथा आर्थिक बिकास करिडोरको २ करोड ४७ लाख रुपैयाको लागतमा भवन निर्माण गरिएको हो । यस भवनबाट किसानलाई प्रयोगशालासहितको सेवा दिइने प्यूठान नगरपालिकाले बताएको छ । अत्याधुनिक प्रयोशालासहितको सेवा दिने नगर प्रमुख योगीले बताए ।
नवनिर्मित भवन सञ्चालनमा आएसगैँ किसानले सहज रुपमा सेवा पाउने नगर उपप्रमुख देवेन्द्र बह्माले बताए । ‘यो सेवा केन्द्रको उच्चतम उपयोगबाट प्यूठान नगरको कृषि तथा पशुपन्छी क्षेत्रमा गुणात्मक सुधार र दिगो विकास हासिल हुने विश्वास लिएका छाँै’ बह्माले भने ।

नवनिर्मित भवन हस्तान्तरण
प्यूठान नगरपालिकामा नवनिर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण गरिएको छ । ग्रामीण उद्यम तथा आर्थिक बिकास करिडोरले प्यूठान नगरपालिकालाई भवन हस्तान्तरण गरेको हो । ग्रामीण उद्यम तथा आर्थिक बिकास करिडोर बुटवलका प्रमुख डा. उत्तम आचार्यले एक कार्यक्रमकाबीच प्यूठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर योगीलाई हस्तान्तरण गरेका हुन् ।
२ करोड ४७ लाख रुपैयाको लागतमा निर्माण भएको भवनमा अपाङ्गमैत्री संरचना, कृषि तथा पशुपन्छी सेवामा आवश्यक प्रयोगशाला (ल्याब), तालिम हल, तथा आधुनिक सेवा प्रवाहका लागि आवश्यक संरचनाहरू रहेका छन् ।


