प्युठान । प्युठानको बिकासमा लागिरहेको लुम्बिनी प्रदेशका सहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले बताएका छन । शुक्रवार नेपाल पत्रकार महासंघ प्युठानले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री थापाले यस्तो बताएका हुन । ” मेरो प्राथमिकता प्युठानको बिकास गर्ने हो म सोही अनुसार लागिरहेको छु ” उनले भने,”जिल्लाको बिकास गर्नकै लागि आ.ब. २०८२/८३ मा साढे २ अर्ब बजेट पारेको छु ।”
मन्त्री थापाले प्यूठान जिल्लामा विकास बजेट विगतका वर्षमा भन्दा यसवर्ष बढी परेको दावी गरे । उनले पछिल्लो समय सामाजिक सञ्जालमा बजेट परेन भनेर दुष्प्रचार गरिएको भन्दै प्यूठान जिल्लामा २ अर्व ४८ करोड ६२ लाख ५० हजार रुपियाँ बजेट परेको दावी गरे । मन्त्रालय अर्न्तगत कतिपय बजेट दाङको शहरी विकास डिभिजन, कोहलपुरको पर्यटन डिभिजनमा परेको हुँदा जिल्लामा बजेट कम देखिएको बताए । जिल्लामा कम बजेट पर्यो भनेर सामाजिक संजालमा लेख्नुभन्दा तथ्य बुझ्न उनले सुझाव दिएका छ्न ।

