जिल्ला प्रशासन कार्यालय प्युठानले कार्यसम्पादनमा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सम्मान गरेकाे छ । प्रशासन कार्यालय प्युठानमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बर्ष २०८१ मा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा उत्कृष्ट कार्य गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपेस बस्याल र जिल्ला प्रशासन कार्यालयमा प्युठानमा रहेर नागरिकको सेवामा उत्कृष्ट कार्य गर्ने प्रमुख प्रशासकीय अधिकृत जालन्धर भुसाललाइ सम्मान गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुबेदिले काम गर्ने सबै उत्कृष्ट रहेकाे बताउदै त्यसमध्य २ जना कर्मचारीलाई सम्मान गरिएको बताएकी छन । जिल्लामा शान्ति सुरक्षा अपराध नियन्त्रण सुसाशन र बिकास निर्माणका लागि आफुले मुख्य याेजना बनाइ काम गरेकाे र जस्का लागि सबै कार्यालयले उत्कृष्ट कार्य सम्पादन गरेकाे भन्दै धन्यवाद दिएकि छन ।
आफु जिल्लामा रहेर काम गर्दै गर्दा सबै सङ्ग सहकार्यमा जाेड दिएको , कर्मचारीकाे मनाेबल उच्च बनाउन उत्कृष्ट कर्मचारीलाई सम्मानकाे सुरुवात गरेकाे बताएकी छन ।
प्रमुख जिल्ला अधिकारी सुबेदिकाे नेतृत्वमा जिल्लाकाे शैक्षिक गुणस्तर सुधारका लागि अभियानका रुमा काम गरेकाे , राेकियका बिकास याेजनाकाे समयमा सम्पन्नका लागि सर्बपक्षिय छलफलका माध्यमबाट काम अगाडि बढाएकाे , नागरिकले सहज सरल रुपमा काम गर्नका लागि सुधार ल्याउने , जिल्लामा बिपद्का घटना कम गर्न आगलागि नियन्त्रण कार्यबिधि तयार गरि कार्यान्वयन गर्न जस्ता काम भएका छन । कार्यक्रममा पत्रकार महासघ प्युठानका अध्यक्ष श्रीराम भण्डारी , कर्मचारी मिलन केन्द्र प्युठानका अध्यक्ष चुमान गिरिले शुभकामना मन्तब्य राखेका थिए ।


