प्युठानमा अदुवा तथा बेसार जोन कार्यक्रम संञ्चालन भएको छ । आलु आर्थिक बर्ष २०८१/८२ देखि जिल्लाको प्युठान नगरपालिका, मल्लरानी, सरुमारानी, गौमुखि र नौबहिनी गाउँपालिमा अदुवा, बेसार जोन कार्यक्रम संञ्चालन भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ प्युठानले जनाएको छ ।
प्युठान नगरपालिकाको वडा नंम्बर १,२,३,५,६,८, मल्लरानी गाउँपालिकाको २,३,४,५ नंम्बर वडा, सरुमारानी गाउँपालिकाको ३,४,५,६ नंम्बर वडा, गौमुखि गाउँपालिकाको वडा नंम्बर ५,६,७ र नौबहिनी गाउँपालिकाको १,३,४ र ६ नंम्बर वडा गरी २१ वटा वडमा जोन कार्यक्रम संञ्चालन भएको कार्यालय प्रमुख चुमान सिंह गिरीले जानकारी दिनुभयो ।
सिंचाइ, बिभिन्न मेसिनरी औजार लगायतका कार्यक्रमहरु सहित जोन कार्यक्रम मार्फत ३ वटा चक्लाबन्दीका कार्यक्रम संञ्चालन गर्ने बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ प्युठान अन्तरगत जिल्लामा आर्थिक बर्ष २०७३/ ०७४ देखि धान जोन, २०७८/७९ देखि तरकारी जोन र र चालु आर्थिकबाट अदुवा तथा बेसार जोन कार्यक्रम संञ्चालनमा छ ।

