प्यूठान । केहि दिनदेखि परेको अविरल बर्षाले प्युठानको खैरामा पोखरीको माछा बगाएको छ । अत्यधिक वर्षातले प्यूठान नगरपालिका–१ खैरा स्थित झिमरुक मत्स्यपालन तथा एकिकृत कृर्षि फर्मको ५ वटा माछा पोखरी भत्किदा माछा बगेका हुन ।
पोखरी फुटेपछि धानखेत, मोटरबाटो र नदीमा माछा गएको संचालक भोज बहादुर बस्नेतले बताए । ५ वटा पोखरीमा रहेका सबै माछा बग्दा करीब ५ देखि ६ लाख बराबरको नोक्सानी भएको बस्नेतले बताए । बस्नेततले ५६ रोपनी क्षेत्रफलमा १० वटा पोखरीमा मत्स्यपालन गदै आएका छन् ।
हेर्नुस भिडियो

