रविन विश्वकर्मा,प्युठान ।
झिमरुक गाउँपालिकाको साठीमुरेमा फेला परेकाे शवकाे पहिचान खुलेकाे छ । झिमरुक गाउँपालिका ३ र ८ को सीमाना साठीमुरे स्थित झिमरुक नदिमा मंगलबार फेला परेकाे शव गौमुखी गाउँपालिका वडा नम्बर ७ नारिकाेट निबासी ६४ बर्षिया कला कुमारी गिरीकाे रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो ।
नदिको बिच भागमा भेटिएको शव अाफ्नै सासु अामाकाे भएकाे जेठि बुहारी अनुपमा गिरीले दाबी गरेकाे प्रहरी निरीक्षक केसीले बताउनुभयो । मृतक कला कुमारी बिरामी भएर बुहारीसंग प्युठान नगरपालिका ८ बाग्दुलामा बस्दै अाएका श्रीमान फतु गिरीलाई भेट्न भनी घरबाट हिडेकाे जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । शवलाई पाेष्टमार्टमकाे लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ ।
मंगलबार दिउँसो १ वजे झिमरुक नदीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । झिमरुक नदिको बिच भाग पानीमा घोप्टो परेकाे अवस्थामा शव भेटिएको थियाे । खाेलाले बगाएर या अन्य कुनै कारण मृत्यु भएकाे हाे यसबारे थप अनुसन्धान भइरहेको केसीले बताउनुभयो ।

