सागर रिजाल प्यूठान । ऐरावती गाउँपालिकाले मनसुनजन्य विपद्का कारण विस्थापित भएका परिवारहरूसंग घर निर्माण गर्ने सम्झौता गरेको छ । २०७९ साल असोज १८ देखि २४ गते सम्म एक हप्ता लगातार परेको अविरल बर्षाका कारण ऐरावती गाउँपालिका वडा नंम्बर ४ तिघ्रापातल बस्तिका २५ घरधुरी पहिरोको उच्च जोखिममा परेका थिए । मनसुनजन्य विपद्बाट विस्ताथापित भएकाहरुको घर निर्माण गर्ने गरी घरधनिसँग आज सम्झौता गरिएको गाउँपालिकाका विपद फोकल पर्शन श्रीधर भट्टराइले जानकरी दिनुभयो । विस्थापित २५ घरधुरी मध्ये आज १८ जनासंग सम्झौता गरिएको सम्झौता बाँकी रहेका घरधनिसँग केहि दिनमै सम्झौता गर्ने उहाँले बताउनुभयो ।
संघ,प्रदेश र स्थानिय तहको साझेदारीमा विस्थापति प्रतिपरिवारलाई ४ लाख रुपैंयाका दरले रकम उपलब्ध गराउने गरी घर निर्माण गर्ने सम्झौता गरिएको विपद फोकल पर्शन भटराइले बताउनुभयो । उहाँका अनुसार घर निर्माणको लागि ३ किस्तामा रकम उपलब्ध गराइने छ । पहिलो किस्तामा ५० हजार,दोस्रो किस्ता कार्य सम्पादनको आधारमा १ लाख ५० हजार र तेस्रो किस्ताको बाँकि रकम कार्य सम्पन्न भइसकेपछि उपलब्ध गराउने भट्टराइले जानकारी दिनुभयो ।
अब जिल्ला प्रशासन कार्यालसंग सम्झौता गरी पहिलो किस्ता बापतको रकम विस्तापति परिवारको खातमा राख्न नगाई घर निर्माण प्रकृया अगाडि बढाउने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिमलाल विशवकर्माले बताउनुभयो । भुगर्भ विदले सिफारिस गरेको ठाउँमा घरधनीहरुको आफ्नै जग्गामा घर निर्माण गरिने उहाँले बताउनुभयो । अविरल बर्षका कारण तिघ्रापातल बस्तिमा जमिन फाटेर, घर धराधरा भइ बस्न नमिल्ने भएपछि भुगर्भ विदको टोलिले अनुगमन गरी प्रतिवेद तयार पारेको थियो ।
विपदको घटना लगत्तै आवास निर्माण गर्न गाउँपालिका लागि परे पनि प्रकृया लामो र झनझटिलो भएका कारण ढिलो भएको विपद फोकल पर्शन श्रीधर भट्टराइको भनाई छ । सम्झौता कार्यक्रममा गाउँपािलिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ,प्रमुख प्रशासकिय अधिकृत हिमलाल विशवकर्मा, विपद फोकल पर्शन श्रीधर भट्टराइ लगायतको उपस्थिति रहेको थियो ।

