प्यूठान नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नरेन्द्र पुन (एन पी) ले बिरामिका लागि आर्थिक सहयोग गर्नुभएको छ ।
जन्मदिनको अवसरमा वडा अध्यक्ष मगरले कलेजोमा समस्या भएर उपचार गर्न आर्थिक समस्यामा रहेका प्यूठान नगरपालिका वडा नं ६ निवासी गोपालसिंह गुरुङकी श्रीमती देवा गुरुङलाई नगद १० हजार रुपैया सहयोग गर्नुभएको हो
जन्मदिनको अवसरमा अन्य कार्यक्रम गरेर खर्च गर्नुभन्दा बिरामी परेर उपचारगर्न समस्या झेल्दै आएका गुरुङ परिवारलाई आर्थिक सहयोग गरि जन्मदिन मनाइएको वडा अध्यक्ष मगरले बताउनु भयो । जन्मदिनको अवसरमा साथीभाईसंग बसेर पाटी गर्नुको सट्टा बिपन्न परिवारलाई सहयोग गरिएको उहाको भनाई छ ।
पुन सामाजिक हिसाबले पछि परेकाहरु , दिनदुखिकाे सेवामा आफु समर्पित रहेको बताएका छन ।
कलेजोमा समस्या भएर उपचार गर्न आर्थिक समस्या झेलेका गोपाल सिंह गुरुङ को श्रीमती देवा गुरुङ लाइ केही दिन अगाडि टोल बिकास समिती को पहलमा आफ्नो गक्ष अनुसार आर्थिक संकलन गरि बुटवल पठाइएको थियो।

